काग्रेसले सत्ता हैन सविधान कार्यन्वयन गर्छः पौडेल

काग्रेसले सत्ता हैन सविधान कार्यन्वयन गर्छः पौडेल

  • सोमवार, जेष्ठ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

जेष्ठ १० काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सत्तालाई भन्दा संविधान कार्यान्व्यनलाई केन्द्रमा राखेर अगाडी बढ्ने प्रष्ट पार्नु भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापन गर्दै बरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनकालागि सत्ता आवश्यक नभएको बताउनुभयो । उहाँले संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधान कार्यान्वयनको पनि जिम्मेवारी लिनुपर्ने बताउँदै भन्नुभयो ‘संविधान सभा कांग्रेसले संकल्प गरेको बिषय हो यो संविधानले कांग्रेसको आदर्श र सिद्धान्त स्वीकार गरेको छ त्यसकारण कांग्रेसले संविधान कार्यान्व्यनको जिम्मेवारी लिन्छ ।’

संसदीय प्रजातान्त्रिक व्यवस्थामा कम्युनिष्ट पार्टीहरुलाई सहमत गराएर बर्तमान संविधानले सवैको बराबरी अधिकारको ग्यारेन्टी गरेको बरिष्ठ नेता पौडेलको भनाई थियो । पौडेलले अहिले राजनीतिक दलका नेताहरुको मुख्य जिम्मेवारी भनेको राजनीतिलाई सम्मानित बनाउदै पैसा र पाखुराले मात्र अब राजनीति नचल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– कांग्रेसको सिद्धान्तको सधै जित हुने तर कांग्रेस किन पछि पर्छ ? । यो बिषयको अब कांग्रेसले खोजी गर्न जरुरी छ । यअसघि आजै भएको अर्को कार्यक्रममा बरिष्ठ नेता पौडेलले सरकारले अहिले घोषणा गरेको स्थानीय निकायको निर्वाचनको कुनै औचित्य नभएको बताउनु भएको थियो ।

उहाँले देश संघीयतातर्फ उन्मुख भएकाले पुरानै गाविस वा नगरपालिका नभई संघीयताका आधारमा गाउँपालिका, नगरपालिका अनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गर्नुभयो । उहाले सरकार र आन्दोलनरत संघीय गठबन्धनवीचको बार्ताकोलागि नेपाली काग्रेसले मध्यस्थता गर्ने बताउनुभयो । मुलुकको समस्या समाधान गर्न आन्दोलनकारी र सरकारवीच मध्यस्थता गर्नु पर्ने जिम्मेवारी काग्रेसको काँधमा आएको दावी गर्दै अब आफूहरुले त्यसकोलागि पहल थाल्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ