काठमाण्डौ ,१० जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले जनतालाई झूठा आश्वासन दिएर सत्ता टिकाउन खोजेको आरोप लगाएका छन् ।
नेपाल महिला संघको अञ्चलस्तरीय नेतृत्वसम्बन्धी प्रशिक्षणको आज राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीका झूठा आश्वासन अब धेरै नटिक्ने दावी गर्नुभयो ।
उहाँले सरकार आफैंले ढाँटेर जनताप्रति विश्वासघात गरेको भन्दै त्यसको भन्डाफोर गरिने चेतावनी दिनुभयो ।
अहिलेको आवश्यकता संविधान कार्यान्वयन भएपनि सरकारले त्यसो गर्न नचाहेको उहाँको आरोप रहेको थियो ।
सभापति देउवाले असन्तुष्ट दलहरुसँग वार्ता गर्नुको साटो सरकारले अनावश्यक र उच्छृंखल टिप्पणी गरेर उत्तेजित बनाउने काम गरिरहेको आरोप लगाउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline