काठमाडौ १० जेठ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै पनि हालतमा संविधान पुनर्लेखन गर्न नसकिने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधान जारी भइसकेको अवस्थामा कुनै पनि हालतमा संविधान पुनरलेखन गर्न नसकिने बताउनु भएको होे ।
मधेसी मोर्चाले संविधान पुनर्लेखनको माग उठाइरहेका बेला नेता सिटौलाले पुनर्लेखन गर्न संसद्लाई अधिकार समेत नरहेको धारणा राख्नु भयो ।
मधेसी मोर्चाका नेताहरुले संविधानको पुनर्लेखनको माग गर्नुको कुनै औचित्य नभएको उहाँको भनाइ थियो ।
नेता सिटौलाले सरकारले बजेट प्रस्तुत गरेपछि संविधान कार्यान्वयन लगायतका विषयमा प्रमुख राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline