काठमाडौ १० जेठ ।
राजधानी केन्द्रित आन्दोलन गरिरहेको संघिय गठबन्धनको सचिवालय बैठक बस्दै छ ।
संघिय समाजवादी फोरम नेपालको पार्टी कार्यलय तीनकुनेमा केहि बेरमा बस्ने बैठकमा काठमाण्डौ केन्द्रित आन्दोलनलाई जेठ १५ गते पछि निरन्तरता दिने या निदिने भन्ने बिषयमा छलफल गर्ने छ ।
गठबन्धनको यसअघिको बैठकले १५ गतेसम्मका लागी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
बैठकमा जारी आन्दोलनको समिक्षा, भावी रणनिति, आन्दोलनको थप व्यावस्थापन लगायतका बिषयमा छलफल हुने सद्भावना पार्टीका महासचीव मनिसकुमार सुमनले जानकारी दिनुभयो ।
यसैबीच गठबन्धनले आज अपरान्ह ४ बजेपछि र्याली सहित सभाको आयोजना गर्दै छ ।
किर्तिपुरको त्रिभुवन बिश्वबिद्यालयको गेटबाट र्याली निकाली किर्तपुर बजार पुगेर सभा गर्ने गठबन्धनका प्रवत्ता पर्शुराम तामाङले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline