काठमाडौ ९ जेठ । हालै मात्र एकिकरण भएको नेकपा माओवादी केन्द्र महाधिवेशन समितिको बैठकले एकीकरणपछिको पदिय जिम्मेवारीबारे छलफल गर्दै अध्यक्ष प्रचण्ड रहने गरि बहुपदमा जाने निर्णय गरेको छ ।
राजधानीको बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा पहिलो पटक बसिकोे बैठकले स्थायी सदस्य सहितको केन्द्रिय सचिवालय समिती निर्माण गर्नेबारे समेत छलफल गरेको छ । यस्तै यो महिनाको खन्त्यमा राजधानीमा विशाल सभा गर्ने सम्बन्धमा पनि छलफल गरेको छ । पदिय सजम्मेवारी लगायत महत्वपुर्ण छलफल गर्न बैठक भोली दिउँसो १ बजे पुनः बस्ने वनमन्त्री समेत रहनु भएका पार्टी नेता अग्नी सापकोटाले जानकारी दिनु भयो ।
आजको बैठकले केन्द्रीय सदस्यलाई पूर्णता दिने तयारी समेत भएको सापकोटाले बताउनु भयो । गत जेठ ६ गते एकिकृत माओवादी सहित १० माओवादी घटकबीच एकता भएपछि केन्द्रिय समिति ६ सय ९९ सय सदस्यीय हुने घोषणा गरिएको थियो ।
एकता सँगै जम्बो केन्द्रिय कार्यसमिति बनेपछि पार्टी कार्यलय कोटेश्वरमा ठाउँ अभाव भएपछि पार्टी प्यालेसमा बैठक बोलाएको हो ।