संघिय गठबन्धनले आज चाबहिलमा विरोध प्रदर्शन गर्ने

संघिय गठबन्धनले आज चाबहिलमा विरोध प्रदर्शन गर्ने

  • आइतवार, जेष्ठ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ ९ जेठ । 

आन्दोलनरत मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनले आज राजधानीको चाहबिलमा विरोध प्रदर्शन गर्दैछ ।

संविधान पुनरलेखनको माग गर्दै पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन गनै आएको गठबन्धनले आज चाबहिलमा विरोध सभा गर्ने तयारी गरेको गठब्नधनले जनाएको छ ।

जोरपार्टी र गौशालाबाट प्रदर्शनसहित चाबहिलमा पुगेर कोणसभा गर्ने गठबन्धनको तयारी छ । चाबहिलमा हुने सभालाई मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

यसैबीच जनजाति पार्टीहरुसँग मिलेर आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गठबन्धनको भूमिकालाई लिएर असन्तुष्टी जनाएको छ ।

गठबन्धनको नामबाट भइरहेको आन्दोलनका कारण आफूहरुको एजेन्ड ओझेलमा परेको भन्दै छुट्टै अन्दोलन गर्नुपर्नेमा सम्बन्धमा नेताहरुबीच बहस भइरहेको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ