नेकपा माओवादी केन्द्र महाधिवेशन समितिको बैठक आज बस्दै

नेकपा माओवादी केन्द्र महाधिवेशन समितिको बैठक आज बस्दै

  • आइतवार, जेष्ठ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौ ९ जेठ ।

हालै मात्र एकिकरण भएको नेकपा माओवादी केन्द्र महाधिवेशन समितिको बैठक आज बस्दैछ । बैठक राजधानीको बत्तिसपुतली स्थित अनुपम पार्टी प्यालेसमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पार्टी एकिकरणपछि पहिलो पटक बस्न लागेको बैठकले पदाधिकरण चयन सहित पार्टी सचिवालय गठन गर्दै नेताहरुको कार्यविभाजन गर्ने वनमन्त्री समेत रहनु भएका पार्टी नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

आजको बैठकले केन्द्रीय सदस्यलाई पूर्णता दिने तयारी समेत भएको सापकोटाले बताउनु भयो । गत जेठ ६ गते एकिकृत माओवादी सहित १० माओवादी घटकबीच एकता भएपछि केन्द्रिय समिति ६ सय ९९ सय सदस्यीय हुने घोषणा गरिएको थियो ।

एकता सँगै जम्बो केन्द्रिय कार्यसमिति बनेपछि पार्टी कार्यलय कोटेश्वरमा ठाउँ अभाव भएपछि पार्टी प्यालेसमा बैठक बोलाएको हो ।

बैठकमा आगामी मंसिरमा हुने स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम पार्टी बनाउन केन्द्रीय सदस्यहरुलाई गाउँ परिचालन गर्ने सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ