दशबुँदे घोषणापत्र जारी गर्दै अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

दशबुँदे घोषणापत्र जारी गर्दै अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

  • शनिबार, जेष्ठ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,८ जेठ ।

दशबुँदे घोषणापत्र जारी गर्दै अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ ।

काठमाडौंमा ६ र ७ गते बौद्ध सम्मेलन आयोजना गरेको सम्मेलनको तेस्रो दिन लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा दशबुँदे घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रको पहिलो बुदामा नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरिएको छ ।

यस्तै बुद्ध धर्म एशियाको मात्र ज्योती होइन, समग्र विश्वकै ज्योती हो, विश्व शान्तीको प्रस्थान बिन्दु नेपाल हो भन्ने दोस्रो बुदामा उल्लेख छ ।

यसैगरी बुद्धको शरिरलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने पनि घोषणापत्रमा उल्लेख छ । लुम्बिनी विकासको मास्टर प्लान बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गर्ने पनि सहमति भएको छ ।

लुम्बिनी विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्ट बनाउने १० बु्ँदेमा घोषणा भएको छ । बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बाँडेको भारतकै सारनाथ र बुद्धले मृत्यूवरण गरेको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी ग्लोबल बुद्धिष्ट फोरम बनाउने घोषणा पनि गरिएको छ । यसको उद्देश्य विश्वभर शान्ती र भाइचाराको विकास गर्ने, मानवीय शान्ति, जनावरको अधिकार लगायतका कामहरु गर्ने छ ।

बौद्ध सम्मेलन तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३८५ जना विद्धान तथा भिक्षुहरुको सहभागिता रहृयो । सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, चीन, जर्मनी भारत, जापान, लुथानिया, मलेसिया, मंगोलिया, कतार, रोमानिया, साउथ कोरिया, श्रीलंका, स्वीट्जरल्यान्ड, थाइल्याण्ड, टर्की, युके, अमेरिका, भेइतनामका विद्धान र विक्षुहरु सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ