जेष्ठ ८ काठमाण्डौं । किरात समुदायले आज उभौली पर्व मनाउदै छन् । प्रकृति र भूमिको पूजा गरेर मनाउने पर्वको रुपमा यसलाई चिनिन्छ ।
बैशाख पूर्णिमाको अवसरमा मनाईने यो पर्वमा किरात बाहुल्य भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा लगायतका जिल्ला र राजधानीमा समेत साकेला चण्डी नाच नाचेर मनाउने गरीन्छ ।
बाली नाली लगाउदा कुनै क्षति नहोस् भनेर भूमि र प्रकृतिको पूजा गरीन्छ ।
त्यसै गरी मंसीर पूर्णिमामा बाली नाली भित्र्याउने अवसरमा उधौली पर्व मनाईन्छ ।
किरातहरुको उभौली पर्वका असरमा राष्ट्रपति विद्या देवी भण्डारीले शुभमना सन्देश दिनु भएको छ । राइर्, लिम्बु,याख्खा, कुलुङ, सुनुवार सहितको किरात समुदायले यो पर्व विशेष रुपले मनाउने गर्दछन् ।
त्यसै गरी थामी जातिले पनि आजकै दिन उभौली पर्व मनाउने गर्दछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline