हिन्दू राष्ट्र, प्रदेशको सीमांकन लगायतका विषय हेरफेर हुनुपर्छ : कोइराला

हिन्दू राष्ट्र, प्रदेशको सीमांकन लगायतका विषय हेरफेर हुनुपर्छ : कोइराला

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ ७ जेठ । 

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले धर्मनिरापेक्ष राष्ट्र, प्रदेशको सीमांकन लगायतका विषय हेरफेर गर्नुपर्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब दाङले आज बिहान आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जनचहाना अनुसार सबै विषय परिवर्तन गर्न सकिने बताउनु भयो ।

नेपालमा ८० प्रतिशत जनता हिन्दु रहेको दावी गर्दै उहाँले संविधानमा उल्लेख भएको धर्मनिरपेक्ष राष्ट्र हटाउनु पर्ने धारणा राख्नु भएको छ ।

अतिवादी शक्ति विभिन्न बहानामा अस्थिरता निम्त्याउन लागेको भन्दै त्यसो हुन नदिन पनि बेलैमा समस्याको समाधान गर्न दलहरु लाग्नुपर्ने उहाँको तर्क छ ।

यस्तै उहाँले वर्तमान सरकार अब धेरै दिन टिक्न नसक्ने दाबी समेत गर्नुभएको छ । काँग्रेस सरकार गिराउने खेलमा नलाग्ने भन्दै उहाँले रचनात्मक प्रतिपक्षको भूमिका आफूहरुले खेल्ने जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ