विप्लव माओवादीको शक्ति प्रदर्शन, राजधानीको खुला मन्चमा जनसभा जारी

विप्लव माओवादीको शक्ति प्रदर्शन, राजधानीको खुला मन्चमा जनसभा जारी

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

जेष्ठ ७ काठमाण्डौं ।  

विप्लव नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । वेपत्ता योद्धा दिवसको अवसरमा राजधानीमा शक्ति प्रदर्शन सहित जनसभाको आयोजना गरेको प्रवत्ता खड्कबहादुर बिश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।

शिर्ष नेताहरुको नेतृत्वमा राजधानीका विभिन्न स्थानबाट सुरु भएको र्याली खुलामन्च पुगेर अहिले सभामा परिणत भएको हाम्रा सहकर्मी सिर्जना तिम्सिनाले जानकारी दिनु भएको छ ।

सभालाई पार्टी महासचिव बिप्लवसहित शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो क्रममा महासचिव बिप्लवले पार्टीको नीति तथा कार्यक्रमका बारेमा समेत जानकारी गराउनु हुनेछ ।

प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट कार्यकर्ताहरु राजधानीमा आइपुगेका छन् । प्रदर्शनमा सहभागी समर्थक र कार्यकर्ताहरुले क्रान्तिको प्रतिक रातो क्याप लगाएका छन् ।

प्रचण्ड सहित राम बहादुर थापा, मात्रिका यादव, मणि थापा सहितका नेताहरुले माओवादी एकता भन्दै सामुहिक रुपमा हात उठाएको भोलिपल्ट नेता चन्द नेतृत्वको माओवादी शत्ति प्रदर्शन सहित आफ्नो पार्टीको नीति कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ