काठमाण्डौ ,७ जेठ ।
अन्तराष्ट्रिय बौद्ध सम्मेलन बौद्ध दर्शन सम्बन्धी विभिन्न कार्यपत्र पारित गर्दै आज सकिएको छ । सम्मेलनको दोस्रो दिन आज बुद्ध दर्शन र यसको प्रभावसँग जोडिएका बिभिन्न २३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
हिजो प्रस्तुत भएका र आज प्रस्तुत गरिएका कार्यपत्रमाथि आज एकसाथ छलफल भएको सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपालका तर्फबाट सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
दुई दिनसम्म चलेको सम्मेलनले गरेका निर्णयहरु भने घोषणापत्रका रुपमा भोली जारी गरिने जनाएको छ । बौद्ध दर्शनको वृहत्तर प्रचार र धार्मिक पर्यटन प्रवद्र्धनमा सम्मेलन निकै फलदायी भएको सरकारको विश्वास छ ।
बुद्धको जन्मस्थल र बौद्ध दर्शनको सुरुवात नेपालमै भएको हो भन्ने विश्वव्यापी सन्देश दिन आयोजना गरिएको सम्मेलनमा २३ मुुलुकका १ हजार ३ सय भन्दा वढी धार्मिक गुरु तथा प्रतिनीधिले सहभागिता जनाएका थिए ।
सरकारले भोली २५ सय ६० औं वुद्ध जयन्ती समारोह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा गौतमवुद्धको जन्मस्थल लुम्विनीमा मनाउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रपति भण्डारी लुम्बिनी पुगिसकनु भएको छ ।