कालिकोटमा भिषण पहिरो जादा तीनको मृत्यु

कालिकोटमा भिषण पहिरो जादा तीनको मृत्यु

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काडमाडौं ,७ जेठ ।

कालिकोटको कोटवडा– ६ को गेज बजारमा भारी वर्षासँगै आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । अन्य चार जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर सिउना गाविस २ की धनमति टमटा, सिउना ५ का हिरा तिरुवा र धौलागोह ९ का लक्ष्मण भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सिउनाका संजिते टमाटा, सोही गाविसका ४ बर्षीय सदिष्मा बम, रकु गाविस १ का ५२ बर्षिय मनिराम जैशी र बाजुरा घर भएका अजय सार्कीका दुई बर्षिय छोरा बेपत्ता भएका छन् ।उनीहरुको खोजी कार्य जारी रहेको छ ।

गएराति वर्षाका कारण कालिकोटको कोटवाडा गाविसमा पर्ने गजबजार र लालिघाटमा पहिरो जादा सय बढी घर पुरिएको जनाईएको छ ।

बाढी र पहिरोमा परी अन्य ८ जना घाइते रहेको प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले जानकारी दिनुभयो । घाइतेलाई उपचारको लागि कालिकोट स्थिति जिल्ला अस्पताल ल्याएको छ ।
एक्कासी ठूलो मात्रामा परेको अविरल वर्षापछि आएको बाढीमा ५० करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

घटनास्थलमा प्रहरी ,सेना तथा स्थानीयबासीको सहयोमा अहिले उद्धार तथ खोजी कार्य जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ