जेष्ठ ७ ,काठमाण्डौं ।
विप्लव नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । वेपत्ता योद्धा दिवसको अवसरमा राजधानीमा शक्ति प्रदर्शन सहित जनसभा गर्न लागीएको प्रवत्ता खड्कबहादुर बिश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।
शिर्ष नेताहरुको नेतृत्वमा राजधानीका चार स्थानबाट मध्यान्ह १२ बजे र्याली निस्कने र दिउसो एक बजे खुल्लामन्चमा जनसभाको आयोजना गरिने प्रकाण्डले बताउनु भयो ।
कालीमाटीबाट खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड, कुपण्डोल बाट उत्तम विष्ट , बबरमहलबाट धर्मेन्द्र बास्तोला, लैनचौरबाट सन्तोष बुढाको नेतृत्वमा र्याली सहित सहभागीहरु खुल्ला मञ्च प्रवेश गर्ने छन् ।
त्यस पछि पार्टीको नीति , कार्यक्रम र योजनाको बारेमा विप्लवले बिशेष सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । यस्तै जनसभालाई पार्टीका अन्य नेताहरुले पनि संबोधन गर्ने बताईएको छ ।
राजधानीको शक्ति प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधिमुलक कार्यकर्ताहरु राजधानीमा आउने क्रम जारी छ ।
र्यालीमा देशभरबाट आएका प्रतिनिधी तथा उपत्यको तीन जिल्लाबाट गरी करिब २० हजारको जनसहभागिता हुने सो पार्टीले जनाएको छ ।
प्रदर्शनमा आउने समर्थक शुभचिन्तक र कार्यकर्ताहरु अधिकाशले रातो क्याप लगाउने छन् भने
प्रचण्ड सहित राम बहादुर थापा, मात्रिका यादव, मणि थापा सहितका नेताहरुले माओवादी एकता भन्दै सामुहिक रुपमा हात उठाएको भोलिपल्ट नेता चन्द नेतृत्वको माओवादी शत्ति प्रदर्शन सहित आफ्नो पार्टीको नीति कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।