जेष्ठ ६ लमजुङ । लमजुङको तामाखानीमा अपरान्ह भएको बस दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । साथै ९ जना घाईते भएका छन् ।
मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यलय लमजुङले दिएको जानकारी अनुसार ना १ ख ४१२६ नम्बरको बस चितवनको नारायणगढबाट लमजुङको जिताकोट तर्फ जानेक्रममा मध्य नेपाल नगरपालिका ५ स्थित तामाखानी भन्ने ठॉउमा सडकबाट ४ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
मृतकहरुको सनाखत हुन बाकी रहेको र घाईतेहरुको उद्धारका लागि स्थानीयवासी र प्रहरी परिचालित भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न नसके पनि स्थानीयले भने सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको हुन सक्ने आंशका गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline