संघिय गठबन्धनले ललितपुरमा प्रदर्शन गर्दै

संघिय गठबन्धनले ललितपुरमा प्रदर्शन गर्दै

  • बिहिबार, जेष्ठ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,६ जेठ ।

संघिय गठबन्धनले दोस्रो चरणको आन्दोलन अन्तरगत आज ललितपुरको लगनखेलमा प्रदर्शन गर्दै छ ।

राजधानी केन्द्रित आन्दोलनलाई १० दिन लम्ब्याएको गठबन्धनले आज लगनखेलबाट पाटन ,मंगलबजारसम्म अपरान्ह तीन बजे प्रदर्शन सहित सभा गर्न लागेको गठबन्धनका प्रवत्ता पर्शुराम तामाङले जानकारी दिनुभयो ।

पहिलो चरणमा प्रचारात्मक आन्दोलन गरेको गठबन्धनले आजबाट राजधानी सहित बाहिरी जिल्लाहरुमा पनि बिरोध प्रदर्शन लगायतका कार्यक्रम सुरु गरेको हो ।

स्थानीय जनताको समर्थन जनाउन आज लगनखेलमा प्रदर्शन सहित सभा गर्न लागीएको तामाङले बताउनु भयो । गतबन्धनले उपत्यकाका मुख्य मुख्य स्थानमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ