पोखरा ,५ जेठ ।
पोखराको महेन्द्रपुलमा अवैधरुपमा सञ्चालित डान्सबारबाट अश्लील क्रियाकलाप गर्ने एक जोडि सहित ११ जना पक्राउ परेको छन् ।
महेन्द्रपुलस्थित सोनिक नाइट क्लब एण्ड डान्सबारमा प्रहरीले छापा मारेर अश्लील क्रियाकलाप गरिरहेको अवस्थामा एक दर्जन बढीलाई पक्राउ गरेको हो ।
सो क्लब अवैधरुपमा सञ्चालन भइरहेको पाइएपछि कार्बाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरिक्षक मोहनमणि अधिकारीले बताउनु भयो ।
छापा मार्दा क्लबमा कार्यरत १८ वर्षीया युवतीलाई ५२ वर्षीय पुरुषले आफ्नो काखमा राखेर अश्लील क्रियाकलाप गरिरहेको प्रहरीले फेला पारेको थियो । उनीहरु सहित बार सञ्चालक आशिष क्षेत्री र १० जना डान्सरलाई समेत पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
सञ्चालक र अश्लील क्रियाकपलापमा संलग्नलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । अन्यलाई भने प्रहरीले सम्झाइबुझाई गरी छाडेको छ ।
नृत्य कला भएकाले यसको सम्मान गर्ने तर अश्लीलतालाई अंगालेमा यौन अपराध हुने भएकाले नछाड्ने इन्सपेक्टर अधिकारीले चेतावनी दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति नै नलिई सञ्चालन भएको पाइएकाले सञ्चालकलाई सोहिअनुसार कारबाही प्रक्रिया अघि बढाइएको उहाले बताउनु भयो ।
यसैबीच, पोखरा डान्सबार एशोसियसनका अध्यक्ष लक्ष्मण गुरुङले नियम विपरित सञ्चालित डान्सबारहरुको बचाउमा आफूहरु नलाग्ने स्पष्ट पार्नुभयो ।
तस्वीरः गुगल