काठमाण्डौ ,५ जेठ ।
बुद्ध जयन्तीको अवसरमा आयोजना हुन लागेको २५६० औं बुद्ध सम्मेलन तथा बुद्ध जयन्ती समारोह भोलिदेखि राजधानीको सोल्टी होटलमा सुरु हुनेभएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन भोलि बिहान साँढे ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेभएको छ ।
सम्मेलन बिहीबार र शुक्रबार काठमाडौंको सोल्टी होटलमा हुनेछ भने शनिबार बिशेष कार्यक्रमको आयोजना गरी लुम्बिनी घोषणापत्र जारी गर्दै सकिनेछ ।
सम्मेलनमा सहभागी हुन २८ मुलुकका भिक्षु तथा सरकारी प्रतिनिधिहरु काठमाडौंमा भेला हुने र विश्वभरबाट अहिलेसम्म ४०० भिक्षुहरु नेपाल आइसकेको केहि आउने क्रममा रहेको जनाइएको छ ।
बुद्धको जन्मस्थललाई लिएर भइरहेको भ्रम चिर्नको लागि बुद्ध दर्शनको सुरुवात लुम्बिनीबाट भएको हो, बुद्धको जन्ममात्र होइन कर्मस्थलपनि लुम्बिनीनै हो भन्ने कुरा विश्व समुदायलाई जानकारी गराइने उद्देश्यले सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।