संघीय गठबन्धनको काठमाण्डौ केन्द्रित आन्दोलन १० दिन लम्बियो

संघीय गठबन्धनको काठमाण्डौ केन्द्रित आन्दोलन १० दिन लम्बियो

  • बुधबार, जेष्ठ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, ५ जेठ ।
संविधान पुनर्लेखनको माग गर्दै संघीय गठबन्धनले सुरु गरेको काठमाण्डौ केन्द्रित आन्दोलन थप दश दिन लम्बिएको छ ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले काठमाडौं केन्द्रित आन्दोलन थप १० दिन गर्ने निर्णय गरेको गठबन्धनका प्रवत्ता पर्शुराम तामाले जानकारी दिनुभयो ।

प्रत्येक दिन बैठक बसि कार्यक्रमको स्वरुप र स्थान तय गर्दै आन्दोलनमा उत्रने बैठकले निर्णय गरेको उहाले बताउनु भयो ।

उहाँका अनुसार थप तराई र पहाडमा पनि आन्दोलन थाल्ने बैठकले निर्णय गरेको छ । बैठकको निर्णय काठमाडौंको शान्तिवाटिकाबाट आज सार्वजनिक गर्ने उहाँको भनाई छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका गठबन्धनका नेता कार्यकर्ताले आज रत्नपार्कमा प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनपछिको सभामा गठबन्धनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ