द्धन्द्धकालिन घटनामा आजदेखि प्रारम्भिक छानबिन हुने

द्धन्द्धकालिन घटनामा आजदेखि प्रारम्भिक छानबिन हुने

  • बुधबार, जेष्ठ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ ५ वैशाख ।  

सत्य निरुपन तथा मेलमेलाप आयोगले द्धन्द्धकालिन घटनामा आजबाट प्रारम्भिक छानबिन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

द्धन्द्धकालिन घटनामा प्राप्त उजुरीका आधारमा विशेषज्ञको सहयताले प्रारम्भिक छानबिन सुरु गर्न लागेको आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले जानकारी दिनुभयो ।

असार २ गतेसम्म उजुरी दर्ताका लागि समयसीमा तोकिएकामा हालसम्म सात हजार ८९ उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

उजुरी संकलनका लागि जिल्ला भ्रमणमा रहेका सदस्यहरु सबै फिर्ता भएपछि विशेषज्ञ समुह गठन हुने गुरुङले बताउनु भयो ।

आयोगले केन्द्रिय कार्यलय र जिल्ला स्थित स्थानीय शान्ति समितिको कार्यलय मार्फत द्धन्द्धकालिन घटनामा उजुरी संकलन गरिरहेको छ ।

आगामी भदौ १ गतेदेखि विस्तृत छानबिन प्रक्रिया अघि बढाउने आयोगको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ