अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा २३ मुलुकको सहभागीता रहने

अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा २३ मुलुकको सहभागीता रहने

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ ४ जेठ ।
सरकारले आयोजना गर्न लागेको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा २३ मुलुकको सहभागीता रहने भएको छ । गौतम बुद्धको २५६०औ जन्मोत्सवको अवसर पारेर सम्मेलन आयोजन गर्न लागिएको हो ।

सम्मेलनमा भाग लिन श्रीलंका र थाइल्यान्डका पर्यटनमन्त्री आउने निश्चित भएको छ । भारतबाट पाँच जनाको सरकारी डेलिगेटस् आउने भारतीय राजदूतावासबाट जानकारी आएको चीनबाट चिनियाँ बुद्धिस्ट एशोसियसनको उपाध्यक्ष सहित उहाँको नेतृत्वमा २६ जना भिक्षुहरु आउन लागेको पर्यटनमन्त्री आदनन्दप्रसाद पोखरेलले बताउनुभयो । तर, दूतावासले सम्मेलनमा आउने टोलीको नाम भने खुलाएको छैन ।

लिथवानियाबाट समेत डेलिगेटस् आउन लागेको मन्त्री पोखरेलले बताए । उहाँका अनुसार रोमानियाका पूर्व राष्ट्रपति र टर्कीका पूर्वमन्त्री पनि सम्मेलनमा भाग लिन नेपाल आएका छन् ।

सरकारले जेठ ६ र ७ गते काठमाडौंमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन गर्दैछ । वैशाख ८ गते लुम्बिनीमा भव्य बुद्धजयन्ती समारोह हुनेछ । बुद्ध दर्शनको उत्पत्ती लुम्बिनीमा भएको विश्वभर प्रचार प्रसार गर्नु समारोहको मुख्य उद्देश्य रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ