आन्दोलन छाडेर वार्तामा आउन मोर्चालाई गृहमन्त्रीको आग्रह

आन्दोलन छाडेर वार्तामा आउन मोर्चालाई गृहमन्त्रीको आग्रह

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,४ जेठ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले मधेशी मोर्चासहितको संघीय गठबन्धनको आन्दोलनमा कुनै अप्रिय घटना हुन नदिन गृह मन्त्रालयले पर्याप्त सुरक्षा व्यवस्था मिलाएको जानकारी दिनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले राजधानीको संबाद डवलीमा गरेको कार्यक्रममा गृहमन्त्री बस्नेतले आन्दोलनका क्रममा सर्वसाधारणको जनजीवन नियमित र सुचारु गर्न मन्त्रालय सचेत रहेको बताउनुभयो । शान्तिपूर्ण वार्ता मार्फत समाधान खोज्न आन्दोलनरत पक्षसँग उहाँको आग्रह छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. पारशकुमार आचार्य, प्राध्यापक डा. जावेद अहमद खाँ लगायतले कर्णालीका दुर्गम जिल्लाहरुमा स्वास्थ सेवा अझै चुनौतीपूर्ण अवस्था रहेको बताउनुभयो ।

उहाँहरुले कर्णालीका केही जिल्लालाई लक्षित गर्दै जुम्लामा स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतीका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम निकट भविष्यमै सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ