नवलपरासीदेखि बर्दियासम्मको प्रदेशबाट पहाडी जिल्ला अलग्याउनु पर्छ : राणा

नवलपरासीदेखि बर्दियासम्मको प्रदेशबाट पहाडी जिल्ला अलग्याउनु पर्छ : राणा

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ, ४ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति समशेर राणाले सीमांकन विवाद समाधान हुने दाबी गर्नुभएको छ । नवलपरासीदेखि बर्दियासम्मको प्रदेशबाट पहाडी जिल्ला अलग गरे सीमाङकन विवाद समाधान हुने बताउनुभएको हो ।

आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उहाँले वंशजबाहेकका नागरिकलाई उच्च संवैधानिक पदमा नियुक्त गर्न नसकिने भन्दै मधेसमा जति काठमाडौंमा आन्दोलन गर्न आन्दोलनकारीलाई सजिलो नहुने वताउनुभयो । उहाँले आफ्नो पार्टी दुई मधेस प्रदेशको पक्षमा रहेको पनि स्पष्ट पार्नु भयो ।

यस्तै कार्यक्रममा नेकपा एमालेका सांसद लालबाबु यादवले राजनीतिक नेतृत्वले सीमांकन गर्दा समस्या आएको भन्दै सीमांकन नेताहरुले भन्दा पनि राजनीतिक शास्त्री, भुगोलविद, अर्थशास्त्री, मानवशास्त्री र समाज शास्त्री सहितको विज्ञहरुले मात्रै गर्न सक्ने तर्क गर्नुभयो ।

उहाँले सीमांकनमा अधिकार र पहिचान मात्रै नभई सामर्थ्यको कुरा पनि भुल्न नहुने भन्दै यस विषयमा मधेसी मोर्चा आफै स्पष्ट नभएको दावी गर्नुभयो । साथै उहाँले मधेसको मात्रै प्रदेश हुँदा त्यसले सस्टेन गर्न सक्छ कि सक्दैन हेर्नु पर्ने सुझाव समेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ