काठमाडौ ,४ जेठ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको राष्ट्रिय भेला राजधानीमा जारी छ ।
हाम्रो अभियान पूर्ण प्रेस स्वतन्त्रता र समावेशी आमसन्चार भन्ने नाराका साथ सुरु भएको भेलाको सन्चारमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको छ ।
भेलालाई सम्बोधन गर्दै सन्चारमन्त्री राईले मधेशबादी तथा विभिन्न जनजाति आवद्ध संघिय गठबन्धनले जारी राखेको आन्दोलनको कुनै औचित्य नरहेको बताउनु भयो ।
नयाँ संविधानले जनताको अधिकतम हक अधिकारलाई सम्बोधन गरेको भन्दै उहाँले बाँकी असन्तुष्टीलाई वार्ता र सम्वादबाट समाधान खोजिनु पर्नेमा जोड दिनुभयो ।
सन्चारमन्त्री राईले मिडियालाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु हुदै आगामी जेठ १५ गते जारी हुने बजेट कार्यक्रमले सन्चार क्षेत्रको अधिकतम माग सम्बोधन गर्ने दावी समेत गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघका महासचिव एवम् सांसद पेम्बा भोटेले जातिय तथा क्षेत्रिय विविधतालाई संविधानले समेट्न नसक्दा मुलुकमा अहिले अस्थिरता उत्पन्न भएको र गठबन्धनको आन्दोलन त्यसैको परिणाम भएको जिकिर गर्नुभयो ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्न बहादुर कार्कीले पत्रकारहरुले पत्रकारिताको न्युनतम नीति तथा आचार सहिंता भित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ ।
यस्तै न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसिले संगठनमा मात्र समाबेसीता नभएर सन्चार माध्यम भित्रका डेक्स र सम्पादकीयमा पनि समावेशीता हुनु पर्नेमा जोड दिनुभर्योे ।
नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले सरकारले हालै मात्र निर्धारण गरेको पत्रकारको न्युनतम पारिश्रमीक स्वगत योग रहेको भन्दै यसको कार्यन्वयनका लागि सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो ।
मुलुक संघिय संरचनामा गएको सन्दार्भमा संगठनलाई सोही अनुरुपको बनाउन आयोजना गरिएको भेला बिधान संसोधन गर्दै आजै सकिने फोनिजका अध्यक्ष डण्ड गुरुङले जानकारी दिनुभयो ।
प्रतिनिधि परिवेक्षक गरी ४८ जिल्लाबाट करिब दुई सय बढी सहभागीता रहेको भेलामा विभिन्न प्रतिवेदनहरुमाथि छलफल हुदैछ ।
