प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ ,४ जेट ।
प्रधानमन्त्री केपि ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान समसामयीक बिषयमा छलफल भएको छ ।

संघीय गठबन्धनले वालुवाटार घेराउ गर्नु अघि प्रधानमन्त्रीको सरकारी निवास पुगि अध्यक्ष दाहाल वर्तमान राजनितिक अवस्था तथा समसामयीक बिषयमा छलफल गर्नुभएको थियो ।

दुई नेताबीच आगामी बजेटका प्राथमिकताबारे छलफल भएको थियो । पार्टी आवद्ध अर्थ जानकारसँग हिजोको छलफलका क्रममा प्राप्त सुझावबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यस्तै शान्ति प्रक्रियाका बिषयमा ९ बुँदे सहमतिमा उल्लेख भएअनुसार काम अगाडि नबढेको प्रति पवि दाहालले चासो राख्नुभएको थियो ।

गत बैशाख २३ गते भएको ९ बुँदे सहमतिको बुँदा नम्बर तीनमा द्वन्दकालिन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधानका लागि आवश्यक कानून १५ दिनभित्र सम्सोधन गर्ने उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ