रसुवाका भूकम्प पीडितका लागि सामूहिक आवास निर्माण सुरु

रसुवाका भूकम्प पीडितका लागि सामूहिक आवास निर्माण सुरु

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

रसुवा, ४ जेठ ।
रसुवाका भूकम्प पीडितका लागि आजदेखि सामूहिक आवास निर्माणको काम सुरु हुँदैछ ।

जेठ महिनाभित्रै पीडितलाई सुरक्षित आवासमा ल्याउने सरकारको योजना अनुसार रसुवामा सामूहिक आवास निर्माणको काम सुरू हुन लागेको हो ।

शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यलय रसुवाका प्रमुख राजेन्द्र खतिवडाको नेतृत्वमा स्थानीय राजनीतिक दलका प्रमुख एंव प्रतिनिधिसहित प्राविधिक टोली आजदेखि गाउँ खटिने भएका छन् ।

प्राविधिक टोलीले सुरक्षित स्थान पहिचान गरी सार्वजनिक जग्गामा सामूहिक आवास निमार्णका लागि १० दिनभित्र टेन्डर आह्वान गरेर काम सुरू गर्ने डिभिजन कार्यलय रसुवाले जनाएको छ ।
स्याफ्रु गाविसको गाविस भवन क्षेत्र र धुन्चेको चरन क्षेत्रमा जग्गा प्राप्त भइसकेको छ ।

लहरेपौवाको वोगटीटार, सातविसे, लामाटोलमा बसोबास गरिरहेकाहरूको लागि जग्गा प्राप्तिको लागि अध्ययन थालिने भवन डिभिजन प्रमुख खतिवडाले वताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ