संघिय गठबन्धनले आज प्रधानमन्त्री निवास घेराउ गर्ने

संघिय गठबन्धनले आज प्रधानमन्त्री निवास घेराउ गर्ने

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ४ जेठ ।
संविधान पुनरलेखनको माग गर्दै राजधानी केन्द्रित आनदोलन सुरु गरेको संघिय गठबन्धनले आजदेखि बालुवाटार घेराउ गर्दैछ ।

दुई दिनसम्म गरेको सिंहदरबार घेराउका क्रममा राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि जनताको सहजतालाई ध्यानमा राख्दै आजदेखि बालुवाटार घेराउ गर्ने गठबन्धनले जनाएको छ ।

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बालुवाटारस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने कार्यक्रम रहेको गठबन्धनका प्रवक्त पर्शुराम तामाङले जानकारी दिनुभयो ।

गठबन्धनले भोली राजधानीको शान्तिबाटिकामा विरोध सभा गर्ने तयारी गरेको छ ।

मधेश केन्द्रित आन्दोलनका क्रममा ६ महिनासम्म सिमानाका ठप्प पारेको मोर्चाले विभिन्न जातिय दल तथा संगठनलाई समेत साथमा लिएर राजधानी केन्द्रित आन्दोलन सुरु गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ