सरकारलाई जनतामा भ्रम छर्ने कार्य बँन्द गर्न काग्रेसको आग्रह

सरकारलाई जनतामा भ्रम छर्ने कार्य बँन्द गर्न काग्रेसको आग्रह

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाण्डौ, ३ जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार मनपरी ढंगबाट चलिरहेको आरोप लगाउँदै अब कांग्रेसले त्यसको प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।

प्रजातान्त्रिक बिचार समाजको २२औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा सभापति देउवाले सजग गराउँदा गराउँदै पनि सरकारले एकपछि अर्को गलत निर्णय गर्दै गएको आरोप लगाउनुभयो ।

कांग्रेस अब चूप बस्दैन भन्दै देउवाले सय वर्षमा सात सय मेघावाट विद्युत उत्पादन गर्न नसकिएको अवस्थामा हावादारी कुरा गरेर सरकार जनतामा भ्रम छरिरहेको समेत बताउनुभयो ।

कांग्रेसलाई एकापसमा जुधाएर फाईदा उठाउनेहरु सक्रिय हुन थालेको भन्दै प्रजातन्त्रप्रति प्रतिबद्धहरुबीच एकताको खाँचो रहेको औल्याउनुभयो ।

त्यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकार स्वतन्त्र न्यायालयलगायतका अंगमा हस्तक्षेपमा उत्रिएको भन्दै कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बेला आएकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल बार एशोशियशनका अध्यक्ष शेरबहादुर केसी, प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीलगायतले प्रजातान्त्रिक बिचार समाजले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि काम गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा किशुनजी नामक विशेष पुस्तिकाको विमोचन पनि गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ