नियमावली विवाद समाधानका लागि दलहरु छलफलमा जुट्दै

नियमावली विवाद समाधानका लागि दलहरु छलफलमा जुट्दै

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ,३ जेठ ।
संवैधानिक व्यवस्था अनुसार संसदिय सुनुवाई समितिमा सदस्य संख्य राख्ने या नराख्ने विषयमा देखिएको विवाद समाधानका लागि सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरुबीच आज पनि छलफल हुदैछ ।

व्यवस्थापिका संसद सन्चालन नियमावलीको मस्यौदामा संशोधन प्रस्ताव दर्ता गर्नुअघि दलहरुबीच अन्तिम छलफल हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कांग्रेस सभापति शेरबहाुदर देउवासँग आज छलफल गर्दै हुनुहन्छ ।

संसद सन्चालन नियमावली मस्यौदा समितिले संसदमा पेश गरेको प्रतिवेदमाथि संशोधन प्रस्ताव दर्ता गराउने समय आज अपरान्न ३ बजेसम्मका लागि तोकिएको छ ।

संशोधन प्रस्ताव दर्ता गरेपनि आगामी जेठ १३ गते बस्ने संसद बैठक अघि सम्म दलहरुबीच सहमतिको प्रयास जारी रहने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

एमाले, एकिकृत नेकपा माओवादी लगायतका सत्तारुढ दलहरुले १५ सदस्यीय सुनुवाई समिति हुनुपर्ने बताउदै आएका छन् भने कांग्रेस पुरानै संरचना कायम हुनुपर्ने अडानमा छ ।

१५ सदस्यीय सुनुवाई समिति, संवैधानिक निकायमा पदाधिकारी तथा राजदुतका लागि प्रस्तावित नाम अस्वीकृत गर्न समितिको दुई तिहाइ मत आवश्यक पर्ने प्रवधान रहने गरी संशोधन प्रस्ताव दर्ता गराउने सत्तारुढ दलको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ