एमालेले आज मदन भण्डारी स्मृति दिवस मनाइदै

एमालेले आज मदन भण्डारी स्मृति दिवस मनाइदै

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 24K
    SHARES

काठमाडौ ३ जेठ ।  

नेकपा एमालेले आज विभिन्न कार्यक्रमका आयोजना गरी मदन भण्डारी स्मृति दिवस मनाउदै छन् । दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले आज बिहान बल्खुस्थित पुरानो पार्टी कार्यलयमा रहेको उहाँको शालिकमा माल्र्यापण गर्नुभएको छ ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा तत्कालिन पार्टी महासचिव भण्डारी र अर्का नेता जीवराज आश्रितको मृत्यु भएको आज २३ वर्ष पूरा भएको छ ।

पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रित चढेको जीप दास ढुङ्गामा रहस्यमय दुर्घटनामा परेको हो ।

रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानवीनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ ।

दिवसका अवसरमा एमाले दिउँसो राजधानीको जमलस्थित नाचघरमा विचार गोष्ठीको आयोजना समेत गरेको छ । भण्डारीले जनताको बहुदलीय जनवादको अवधारणा ल्याउनु भएको थियो ।

भण्डारीका विश्लेषण, दस्तावेज, राजनीतिक तथा सैद्धान्तिक प्रस्तावनाहरु अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ