राजधानीका तीन पानी उद्योगमा शिलबन्दी

राजधानीका तीन पानी उद्योगमा शिलबन्दी

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं, २ जेठ  ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीको मनमैजु क्षेत्रका तीन पानी उद्योगमा शिलबन्दी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी वृत्त बालाजुसमेतको संयुक्त अनुगमनका क्रममा जेठ १ गतेदेखि जारको पानीको बिर्कोमा अनिवार्य रूपमा सिंक ¥याप लगाउनुपर्ने निर्देशन पालना नगरेको भन्दै विभागले आइतबार तीनवटा उद्योगमा शिलबन्दी गरेको हो ।
मनमैजु–४ स्थित समुल ग्रुप इन्डस्ट्रिज प्रालि, मनमैजु–३ स्थित क्रिष्टल एक्वा सर्भिस प्रालि र मनमैजु–५ स्थित एक्वा स्टार मिनरल वाटर उद्योग प्रालिमा विभागले शिलबन्दी गरेको हो ।
विभागले तीनैवटा उद्योगबाट उत्पादित पानीको उत्पादन तथा बिक्री वितरण रोक्का गरिएको विज्ञप्ति जारी गरी जानकारी दिएको छ । सिंक ¥यापसम्बन्धी नियम लागू भए नभएको विषयमा निरन्तर अनुगमन जारी रहने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जनाएका छन् ।
हाल चल्तीमा रहेका एक लिटर र आधा लिटरको प्रशोधित पानीको बिर्कोमा झैं उद्योगको नाम, उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बरलगायतको लेबलसहितको लेवर टाँस गर्नु नै सिंक ¥याप हो ।
विभागको गत फागुन ३० गतेको निर्णयबमोजिम प्रशोधित पानीको गुणस्तर कायम राख्न जेठ १ गतेदेखि सिंक ¥याप अनिवार्य गर्न उद्योगहरूलाई पत्राचार गरेको थियो ।
चलेकै उद्योगका नाममा उद्योग बाहिर नै जारको पानी भर्दै बजारमा सजिलै पाइने जारको नयाँ बिर्को लगाएर बिक्रीवितरणमा पठाउने गरेको गुनासोको सुनुवाइ गर्दै विभागले सिंक ¥याप अनिवार्य गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी