काठमाडौं, ३ जेठ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि विभिन्न जिविसलाई ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।
यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४१ करोड रकम निकासा गरेको थियो । निकासा भएका रकममध्ये धादिङ जिविसलाई ११ करोड ३३ लाख ५० हजार, दोलखा जिविसलाई २ अर्ब २२ करोड २५ लाख ५० हजार, काभ्रे जिविसलाई १ अर्ब ९६ करोड ५० लाख, रसुवा जिविसलाई २६ करोड, १५ लाख ५० हजार, नुवाकोट जिविसलाई १ अर्ब ४८ करोड ८१ लाख, सिन्धुपाल्चोक जिविसलाई १ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
यस्तै गोरखा जिविसलाई २१ करोड ४५ लाख, ओखलढुंगा जिविसलाई ७४ करोड ९२ लाख ५० हजार, सिन्धुली जिविसलाई ७ करोड ५० लाख र मकवानपुर जिविसलाई ३७ करोड ६ लाख रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा तीन वटै बैंकिङ एसोसियसनको निर्णयअनुसार भूकम्प अतिप्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाहरूको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । जिविस र बैंकहरूबीच हुने सम्झौताका आधारमा घरधनीले रकम प्राप्त गर्न सक्नेछन् । दोलखाका १०, रामेछापका ४१ र ओखलढुंगाका २४ गाविसमा अनुदान सम्झौता जारी छ । अहिलेसम्म ८ हजार घरधनीसँग सम्झौता भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline