आपराधिक कृयाकलाप गरेको आरोपमा आठ पक्राऊ

आपराधिक कृयाकलाप गरेको आरोपमा आठ पक्राऊ

  • आइतवार, जेष्ठ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,२ जेठ ।
रुपन्देहीको देवदह र त्यस आसपासमा आपराधिक कृयाकलाप गर्दै आएको आरोपमा प्रहरीले आठ जनालाई पक्राऊ गरी आज सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले आज सार्वजनिक गरेकाहरुमा नवलपरासी सुनवलका शिरीष अजय भन्ने ऋषिराम, कास्की पुरन चौरका संजोग नेपाली, रुपन्देही देवदहका शालिग्राम चापागाई, राजेन्द्र धमेल, उर्गेन गुरुङ, बेनीराम सोमै, रबि केसी र मिलन भन्ने चित्र गुरुङ रहेका छन् ।

उनीहरु ज्यान मार्नेदेखि लागू औषध कारोबारी, लूटपाट लगायतका घटनामा संलग्न रहेको प्रहरीको दाबी गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काका अनुसार अभियुक्तहरु लामो समयदेखि फिरौती माग्ने र नदिएमा ज्यान मार्नेसम्मका गतिविधिहरुमा संगठित रुपमा संलग्न थिए ।

अभियुक्तहरुबाट २ वटा मोटरसाईकल, १ लाख ३ हजार नगद, २ गोली, १ खोका, ३१ वटा मोबाईलका सिम कार्ड र ५२ ग्राम लागूऔषध समेत नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ