काठमाण्डौ , २ जेठ ।
भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपालको आन्तरिक मामिलामा कुनै न कुनै रुपमा सधैंजस्तो भारतले हस्तक्षेप गर्ने गरेको बताउनु भएको छ ।
रिपोटर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा संघिय गठबन्धनको आन्दोलनप्रति लक्षीत गर्दै डा बरालले मधेस अशान्त भए भारतीय हस्तक्षेप झनै बढ्ने बताउनु भयो ।
मधेसमा असान्ती हुदा भारत समेत प्रभावित हुने भएकाले भारतको चासो हुनु स्वाभाविक रहेको भन्दै उहाले मधेसको समस्या समाधान नभए पुन भारतले हस्तक्षेप गर्ने बताउनु भयो ।
साक्षात्कारमा बरालले भारतसँगको सम्बन्धमा देखिएको चिसोपन हल्ला, भाषण र राष्ट्रियताको कुरा गरेर अन्त्य हुन नसक्ने भन्दै डा बरालले कुटनीतिमार्फत यसलाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
भारतकालागि नेपाली राजदुत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउनु नेपालको अस्थिर राजनीतिको उपज भएको उनले धारणा छ ।
नेपालमा चीनको चासो तिब्बतमा समस्या उत्पन्न नहोस् भन्ने र भारतको यहाँ चीन र अरुको गतिविधि नबढोस् भन्ने नै रहेको तर्क गर्दै बरालले नेपालमा चीनको प्रभाव बढ्दा भारतसहित अमेरिका र यूरोपेली यूनियनको गतिविधी बढ्ने भएकाले त्यो नेपालकोलागि झनै हितकर नभएको तर्क गर्नुभयो ।