संघीय गठवन्धनको आन्दोलनप्रति बाबुरामको समर्थन

संघीय गठवन्धनको आन्दोलनप्रति बाबुरामको समर्थन

  • आइतवार, जेष्ठ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाण्डौ ,२ जेठ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संघीय गठवन्धनको आन्दोलनको समर्थन गरेको छ ।

मधेसी मोर्चासहितको गठवन्धनले आज सिंहदरवार घेराउ गरिरहेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईले आज विज्ञप्ति जारी गरि पहिचान र अधिकारको सवालमा मधेसी र जनजाति समुदायले उठाएका मागहरु जायज भएको भन्दै समर्थन गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ , आन्दानेलनरत समुदायको जायज मागप्रति नयाँ शक्ति नेपाल समर्थन गर्छ, साथै उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गरेको छ ।’

संविधान जारी भएको लामो समय हुँदा पनि उत्पीडित जनताले संविधानलाई आत्मसाथ गर्न नसक्नु र सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु दुःख भएको नयाँ शक्तिले जनाएको छ ।

आन्दोलनरत समुदायको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नभएको भट्टराईले बताए । साथै आन्दोलनरत समुदायको माग सम्बोधन गरी राष्ट्रिय समस्याको समाधान गर्न सरकार र दलहरुलाई आग्रह गरेका छन् ।

दलहरुनै संघीयता कार्यन्वयनमा प्रष्ट नभएको शशांकको भनाई

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ