काठमाण्डौ ,२ जेठ ।
सर्लाहीको हरिवनबाट आज बिहान लागु औषध गाँजासहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–१ पटौनाका २४ वर्षका होमराज बल र १६ वर्षका आयुस सिंह मोक्तान रहेका छन् ।
प्रहरी सहायक निरीक्षक बहादुरप्रसाद यादवको कमाण्डमा खटिएको गस्ती टोलीले पटौनाबाट हरिवन बजार तर्फ जाँदै गर्दा तीन किलो लागु औषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
तीन वटा कालो झोलामा गाँजा लिएर जाँँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हरिवन प्रहरीले दुवै जनालाई लागु औषध ओसारपसार सम्बन्धी मुद्दा दायर गर्न ईलाका प्रहरी कार्यालय हरिपुर पठाएको छ । एक हप्ता अघि मात्र हरिवनकै ताइवानबाट १० किलो लागु औषध गाँजासहित एक व्यक्ति पक्राउ परेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline