नियमावली विवाद समाधानका लागि आजपनि दलहरु छलफलमा जुट्दै

नियमावली विवाद समाधानका लागि आजपनि दलहरु छलफलमा जुट्दै

  • आइतवार, जेष्ठ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २ जेठ । 

संसद सन्चाल सम्बन्धी नियमावली निर्माणमा देखिएको विवाद समाधानको पहल स्वरुप प्रमुख दलका शिर्षस्थ नेताहरुको बैठक आज पनि बस्दैछ ।

यसअघि हिजोको बैठकमा बिना निष्कर्ष टुङ्गिएपछि दलहरु आज पुनः छलफलमा जुट्न लागेका हुन् । यद्यपी बैठकको समय भने तय भइसकेको छैन ।

प्रधानमन्त्रीको कार्य व्यस्ततालाई मध्यनजर गर्दै बैठक साँझ तिर बोलाउने तयारी भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

कांग्रेस सांसद राधेश्याम अधिकारीको अध्यक्षतामा गठित नियमावली मस्यौदा समितिले विवाद सहितको प्रतिवेदन संसदमा पेश गरेपछि प्रधानमन्त्री ओलीले पहल थाल्नु भएको हो ।

सुनुवाई समितिमा रहने संख्यका बारेमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरुबीच विवाद देखिएपछि लामो समयदेखि नियमावली मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन ।

आगामी जेठ १३ गते बस्ने संसद बैठकबाट नियमावली मस्यौदा पारित गर्ने तयारी स्वरुप दलहरुले छलफल सुरु गरेको नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ