काठमाडौ २ जेठ ।
आन्दोलनरत मधेशी मोर्चा र विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनले आज मुखय प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्दैछ ।
हिजोबाट राजधानी केन्द्रित आन्दोलन सुरु गरेको गठबन्धनले आज सिंहदरबार घेराउ गर्ने तयारी गरेको हो । बिहान साँढे ९ बजेदेखि माइतिघर मण्डला र अनामनगरको हनुमानथानबाट शान्तिपूर्ण धर्ना दिइने गठबन्धनले जनाएको छ ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन कार्यकर्ता परिचालन गरिने गठबन्धन आवद्ध दल संघियसमाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले जानकारी दिनुभयो ।
यसैबीच संघिय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन सुरु गरेपछि सुरक्षा निकायले सिंहदरबार लगायत उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
गठबन्धनले सिंहदरबार घेर्ने बताएपछि तीनै तहका सुरक्षा निकाय आवश्यक मात्रामा परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्त यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
सिंहदरबार आसपासका क्षेत्रमा करिब चार हजारको संखयमा सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्र कोइरालाले बताउनु भयो ।