जेष्ठ १ ललितपुर/ काठमाडौँ उपत्यकाको प्रमुख एतिहासिक , धार्मिक , पर्यटकिय स्थल ललितपूर जिल्लाको रमरिय स्थलको रुपमा रहेको १२ बर्षे मेला लाग्ने गोदावरी कुण्डको ५ वटै धारामा पानी आउन छाडेको छ | गोदावरी कुण्ड ब्यवस्थापन समितिको कमि-कमजोरीको कारणले गर्दा झन्डै दैनिक रुपमा २५ वटा ट्यांकरले २०० टिप् पानी ओसर्ने गर्दै आएको छ |
हिजो बेलुका ८ बजेपछि कुण्डको पानी खोल्ने गर्नाले कुण्डमा पानीको कमि हुन गइ धारामा पानी आउन छाडी धारा पूर्ण रुपमा सुकेको छ |
गोदावरी कुण्डमा धारामा पानी आउन छाडेपछि पुजारी लगाएतका ब्यक्तिहरु बीच स्थानिय बिकास अधिकारि हरि प्रसाद दाहाल , महानगरीय प्रहरी प्रभागका प्रमुख र युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा अष्टमान किसि महर्जन बिच गोदावरी कुण्डमा व्यापक छलफल गरि तत्काल पानी खोल्ने कार्य बन्द गरी कुण्डको संरछेन कार्यमा जोड दिई तत्काल धारामा पानी आउने बाताबरण मिलाउने निस्कर्षमा पुगेको छ , यति गर्दा पनि धारामा पानी नआएमा पूर्ण रुपमा पर्यावरण चक्र रेडियो , स्थानिय बासिन्दाको पहलमा गोदावरी क्षेत्रमा ट्यांकर पूर्ण रुपमा बन्द गर्ने टुङ्गॊमा पुगेका छन् |
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline