काठमाडौ, १ जेठ ।
अध्यक्ष मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बिभाजित भएको छ । क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले वैद्यलाई हटाएर रामबहादुर थापा ‘बादल’लाई अध्यक्ष बनाएको छ ।
कुपन्डोलमा आज बसेको बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले वादलको नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गर्दै एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको छ ।
वैद्य माओवादीको १९९ सदस्यीय केन्द्रीय समितिमध्ये बादल पक्षका १३० जना सदस्यहरु आजको बैठकमा सहभागी भएको बताईएको छ ।
वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरे पनि उहाले अस्वीकार गरेपछि एकता पक्षधरले बादललाई अध्यक्ष बनाउदै एकताको निर्णय गरेको हो ।
पार्टी प्रवत्ता पम्फा भुसाललेले केन्द्रीय समितिको बहुमतको निर्णय अनुसार बादलको संयोजकत्वमा एकता प्रक्रिया अघि बढाइने निर्णय भएको बताउनु भयो । उहाले बैठकले एकता सम्बन्धि प्रस्ताव पारित गरेको र अब पार्टी एकताका लागि वार्ता र छलफललाई तिव्रता दिइने बताउनु भयो ।
भुसालका अनुसार बादल नेतृत्वको पुनर्ग्ठित केन्द्रीय समितिको बैठक भोलीका लागी बोलाइएको छ ।