प्रधानमन्त्री र दलहरुबीच भएको छलफल निश्कर्षबिहीन

प्रधानमन्त्री र दलहरुबीच भएको छलफल निश्कर्षबिहीन

  • शनिबार, जेष्ठ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, १ जेठ ।
संसद सन्चालन सम्बन्धी नियमावली निर्माणमा देखिएको विवाद समाधानका लागि आज बिहान बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठकमा दलहरुले आ आफ्नै अडानमा कायम राखेपछि छलफल टुङ्गोमा पुग्न नसकेको हो ।

आगामी जेठ १३ गते बस्ने संसद बैठकबाट नियमावली मस्यौदा पारित गर्ने तयारी स्वरुप दलहरुबीच छलफल सुरु भएको हो ।

लामो समय प्रयासपछि नियमावली मस्यौदामा दलहरुबीच सहमति जुटाउन नसकेपछि कांग्रेस सांसद राधेश्याम अधिकारीको अध्यक्षतामा गठन गरिएको नियमावली मस्यौदा समितिले विवाद सहितको प्रतिवेदन संसदमा पेश गरेको थियो ।

सुनुवाई समितिमा रहने संख्याका बारेमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरुबीच विवाद देखिएपछि लामो समयदेखि नियमावली मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन ।

बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले दलहरुबीच आन्तरिक छलफलपछि भोली पुनः बैठकबस्ने सहमति भएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ