संघिय गठबन्धनले आजबाट सिंहदरबार केन्द्रित आन्दोलन गर्दै

संघिय गठबन्धनले आजबाट सिंहदरबार केन्द्रित आन्दोलन गर्दै

  • शनिबार, जेष्ठ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ १ जेठ ।
आन्दोलनरत मधेशी मोर्चा र विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनले आजबाट सिंहदरबार केन्द्रित आन्दोलन सुरु गर्दैछ ।

संविधानप्रति असन्तुष्टी जनाउदै मधेशमा ६ महिना लामो आन्दोलन गरेको मधेशी मोर्चाले जातिय तथा विभिन्न क्षेत्रिय दलहरुसँगको सहकार्यमा आजबाट राजधानी केन्द्रित आन्दोलन गर्न लागेको हो ।

पूर्व घोषित कार्यक्रम अनुसार आज अपरान्न राजधानीमा प्रदर्शन गर्ने तयारी गरेको छ । शान्तिबाटिकाबाट अपरान्न ३ बजे सुरु हुने र्याली भद्रकाली, न्युरोड, अशन हुदै ठमेल स्थित सन्चयकोषको भवन अगाडि पुगेर सभामा परिणत हुने गठबन्धनले जनाएको छ ।

प्रदर्शनमा गठबन्धन आवद्ध दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ । आफुहरुको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने पनि गठबन्धनले दाबी गरेको छ ।

घोषित कार्यक्रम अनुसार गठबन्धनले भोली सिंहदरबार घेराउ गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ