बैशाख २१, बुटवल । नेपाल मगर महिला संघ जिल्ला समिति रुपन्देहीको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चन्दा थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कुमारी थापा मगर, सचिब केशरी गाहा मगर, सहसचिब ममता बुढाथोकी, कोषाध्यक्ष लक्ष्मी पुन मगर, सहकोषाध्यक्ष निर्मला थापा मगर रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रिय महिला उपाध्यक्ष एवं नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासु मगरले महिलालाई राज्यको हरेक निकायमा समानुपाति समावेशी प्रतिनिधित्वका लागी एकीकृत मगरात आन्दोलनको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष दलबहादुर बिरकट्टा मगर, नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापा मगर, आदिबासी जनजाति पत्रकार महासंघका रुपन्देही अध्यक्ष मिलन गाहा मगर, संघीय जनमुक्ति पार्टीका गिता सारु मगर लगायतले मगर महिला आन्दोलनको बारेका बोल्नु भएको थियो ।
अधिवेशनको बन्दसत्रमा कुमारी थापा मगरले सांगठनिक प्रतिवेदन र ममता बुढाथोकी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शकुन्तला पुन मगरको अध्यक्षता, चन्दा थापा मगरको स्वागत र कुमारी थापा मगरको संचालनमा अधिवेशन सम्पन्न भएको थियो ।