संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्ने , दमन भए गृहयुद्ध निम्तिने चेतावनी

संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्ने , दमन भए गृहयुद्ध निम्तिने चेतावनी

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ ,३१ वैशाख । संघीय गठबन्धनले भोलीदेखि काठमाडौंमा जनप्रदर्शन र सिंहदरबार घेराउ गर्दै छ । भोली दिउँसो तीन बजे शान्तिबाटीका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने पर्सि वाट भने सिंहदरबार घेराउको कार्यक्रम छ ।

मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले गठबन्धनले काठमाडौंमा गर्न लागिएको जनप्रदर्शन र सिंहदरबार घेराउको कार्यक्रममा दमन गर्न खोजिए गृहयुद्ध निम्तिने चेतावनी दिनुभएकोे छ ।

उक्त कार्यक्रमलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था भने कडा पारेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा वोल्नु हुदै मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले राज्यले आतंक सिर्जना गर्न खोजेको छ ।

यदि दमन गरेमा गृहयुद्ध निम्तिन सक्छ, आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेको भन्ने पनि सुनेको छु । हाम्रो सेना भनेको जनता हो, त्यसको जवाफ जनताले दिन्छन् ।

सरकारले मधेसी मोर्चालाई फुटाउन खोजेको भन्दै उहाँले आरोप लगाउनुभयो । सरकारसँग विगतमा पटक पटक वार्ता भएपनि सरकारले माग सम्बोधनका लागि चासो नदिएकाले फेरि वार्ता गर्नुको औचित्य नभएको यादवले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ