आगामी नीति तथा कार्यक्रम संसदबाट पारित

आगामी नीति तथा कार्यक्रम संसदबाट पारित

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ, ३० बैशाख ।

सरकारको आगामी नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । निती तथा कार्यक्रमाथी संसदमा उठेका प्रश्नहरुको पं्रधानमन्त्रि केपी शर्मा ओलीले आज जवाफ दिएसंगै सदस्यहरुको बहुमतले पारित भएको हो ।

जवाफका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार अर्को प्रतिनिधिसभाको निर्वाचनसम्म रहने दाबी गर्नुभएको छ । उहाँले कसैले टिका–टिप्पणी गर्दैमा सरकार नहट्ने बताउनुभयो ।

संविधानले संसदको अवधि ७४ माघ ७ सम्मका लागि भनेकाले सरकार अनन्तकालका लागि नहुने र आवधिक निर्वाचन गरिने उहाँको भनाई छ ।

आफ्नो सरकारलाई ‘म्यादी’ भनेकामा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले ‘लोकतन्त्रमा समय समयमा निर्वाचनका लागि जनतामा जानुपर्ने र आवश्यक परे सरकारले संसदसमेत परिवर्तन गर्नसक्ने भएपनि सबैले स्थिरतामै जोड दिनुपर्छ’ भन्नुभयो,

नीति तथा कार्यक्रम देश बनाउने आकांक्षा र विकासको सोचकासाथ ल्याइएको जिकिर गर्दैै ओलीले सरकारकोे नीति तथा कार्यक्रमलाई ‘कर्मकान्डी’ भयो भनेर टिप्पणी गरिएकामा आक्रोश पोख्नुभयो ।

अदालतमा राजनीतिक हस्तक्षेप भएको भन्ने विपक्षीको आरोप अस्वीकार गर्दै ओलीले विगतमा जस्तै भागबन्डा भएन र आफ्नो भागबाट कोही परेनन् भनेको त होइन भनेर कांग्रेसलाई प्रश्न गर्नुभयो ।

चुनावका लागि आवश्यक कानुनी र भौतिक पूर्वाधारको तयारीमा सरकार लागेको प्रस्ट गर्दै उहाँले स्थानीय तहको पुनःसंरचना गर्न केही समय लाग्ने भएकाले सरकार निर्वाचन गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणमा प्रविधि र स्रोत दुबै हिसाबले सरकार समक्ष रहेको बताउँदै संसदको अर्थ समिति र विकास समितिले दिएको निर्देशनलाई सम्मान गर्दै द्रुतमार्ग आफैंले निर्माण गर्ने प्रस्ताव गरिएको उहाँको भनाई छ ।

संसद बैठक आगामी जेठ १३ गतेसम्मका लागी स्थगित भएको छ । नीति तथा कार्यक्रम पारित भएसंगै आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउने तयारी सरकारको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ