काठमाडौ ,३१ वैशाख ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिछलफलका क्रममा उठेका जिज्ञासाको प्रधानमन्त्री केपि शर्मा ओलीले जवाफ दिनुभएको छ ।
नयाबानेश्वर स्थित संसद भवनमा जारी ब्यावस्थापिका संसद बैठकमा निति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीमन्त्री केपी शर्मा ओलीले जवाफ दिुभएको हो ।
निती तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ सहित प्रधानमन्त्रीले संबोधन गरेपछि अहिले पुन सांसदहरुले थप टिप्पडी सहितको धाराणा राखिरहेका छन् ।
सांसदहरुको धारणा राख्ने क्रम सकिएलगत्तै उठेका प्रश्नहरुको पुन प्रधानमन्त्रीले जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम पारित गराउने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
गत आइतबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि हिजोसम्म छलफल सक्ने तयारी भएपनि अझै केही सांसदले बोल्न नाम टिपाएकाले बिहान १० बजेबाट आज सांसदहरुले धारणा राखेका थिए ।
नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ ।