वैद्यद्धारा फेरी केन्द्रिय समिति बैठक स्थगित ,पार्टी एकता नगर्ने

वैद्यद्धारा फेरी केन्द्रिय समिति बैठक स्थगित ,पार्टी एकता नगर्ने

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

काठमाडौं,३१ वैशाख ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीसँगको एकता अस्वीकार गर्दै भोली आह्वान गरेको केन्द्रिय समिति बैठक स्थगित गर्नुभएको छ ।
वैद्यले आज एकीकृत माओवादीसँगको एकता अस्वीकार गर्दै जेठ १ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि अनिश्चितकालका लागि स्थगित गर्नुभएको हो ।

नेता रामबहादुर थापा बादलले एकताका लागि एकीकृत माओवादीसँग गरेको १२ बुँदे सहमतिलाई कथितको संज्ञा दिदै वैद्यले आफूलाई थाहै नदिई बादलले जनवादी केन्द्रीयताको मान्यता विपरित तथा अनधिकृत रुपमा एकीकृत माओवादीसँग साँठगाँठ गरेको आरोप पनि लगाउनु भएको छ ।

वैद्यले केन्द्रीय सदस्यहरुलाई आज पठाएको पत्रमा पार्टी भित्र दुई लाईनको संघर्ष अत्यन्तै तीब्र, जटिल र अस्वस्थ बनेकोले यस्तो अवस्थामा बैठक राख्नु उपयुक्त नभएको उल्लेख छ ।

वैद्यले बैठक स्थगित गरेपनि बादल समूह जेठ १ गते नै बैठक बसेर एकीकृत माओवादीसँगको एकता प्रक्रिया टुङ्ग्याउने र वैद्यलाई कारवाही गर्ने तयारीमा छ ।

यस अघि चैत्र २८ मा वैद्यले एक महिनाका लागि केन्द्रीय समिति वैठक स्थगित गर्नुभएको थियो । एक महिना वैठक स्थगित गरेर एकता प्रक्रिया रोक्न खोजेको भन्दै बादल समूहले भिन्दै तयारी गरेको थियो । अहिले प्रचण्ड र वैद्य माओवादीको बादलसमूहवीच एकताको अन्तिम तयारी भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ