प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ३१ वैशाख ।  

व्यवस्थापिका संसदमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गराउने तयारी भएको छ ।

संसदमा निति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुभएपछि पारित गराउने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

गत आइतबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि हिजोसम्म छलफल सक्ने तयारी भएपनि अझै केही सांसदले बोल्न नाम टिपाएका छन् ।

आजको बैठकमा बोल्न बाँकी रहेका सांसदले आफ्नो धारणा राखिसकेपछि प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ