काठमाण्डौ , ३० वैशाख ।
प्रेस काउन्सिल नेपालले सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले विखण्डनको अभिव्यक्ति दिने राउतको अन्तरवार्ता लिने एविसी टेलिभिजनलाई ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन पनि निर्देशन दिएको छ ।
टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउँदै आम जनतासमक्ष क्षमा याचना गर्नुका साथै लिखित जवाफ पेश गर्न निर्देशन दिईएको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।
०७२ साल चैत्र १७ गते एविसी टेलिभिजनको ‘एबीसी वाच’ नामक कार्यक्रममा राउतसँगको अन्तर्वार्तावाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सदभावमा खलल् पुगेको र पत्रकार आचारसंहिता, ०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ४ (१) को गम्भीर उल्लङ्घन भएको भन्दै काउन्सिलले उक्त निर्देशन गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।
जवाफमा टेलिभिजनले अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्ने जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ ।
काउन्सिलले राष्ट्रियता प्रतिको जनआस्थामा चोट र्पुयाएको र पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठर्हयाएको कार्कीले बताउनु भयो ।