काठमाण्डौ ३० वैशाख ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले मधेसका समस्या समाधान गरेर मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ ।
पाँचथरको फिदिममा आज संचारकर्मी संग कुराकानी गर्दै उहाँले मधेस समस्या समाधान नगरी स्थानीय निकायको निर्वाचन हुनै नसक्ने बताउनु भयो । जबरजस्ती निर्वाचन गर्न खोजिए रक्तपातको अवस्था सिर्जना हुने नेता कोइरालाको भनाई थियो ।
मुलुकमा बढ्दो भ्रष्टाचार र कालोवजारी नियन्त्रणका लागि खबरदारी गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । कोइरालाले संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको कांग्रेसले अहिले सरकारलाई खबरदारी गरिरहेको धारणा राख्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline